सेतो बाघ हेर्नु पर्ने १० कारण

सेतो बाघ चलचित्र बनेर केहि हलहरुमा मात्र चलेको छ, मिश्रीत प्रतिक्रिया हरु छन् यो बारे, तेसै सन्दर्भमा १० वोटा कारण लेखेको छु जसले यो चलचित्र हेर्न प्रेरित गर्न सक्छ. यी १० बाहेक अरु छन् भने लेख्नु होला  

१. येसो धेर थोर राजनीति बुझ्न 
२. इतिहासको एउटा कालखण्ड बुझ्न 
३. राणा शासनको आधार बुझ्न 
४. सत्ताको खेल बुझ्न 
५. डायमण्‍डशमशेर राणाको सेतो बाघ नपढेकाले, यो चलचित्र हेरे पछि पढ्नेछ 
६. केहि हदसम्म राजनीति कुसंस्कारको बिरोध भएको भान हुन्छ (केहि हद सम्म) 
७. जंग बहादुर राणा र उनका छोराको बारेमा थाहा पाउन 
८. शक्ति र शोषणको सम्बन्ध देखिने छ 
९.  नेपाल – बेलायतको त्यो बेला को सम्बन्ध बुझ्न 
१०. नेपाली इतिहासमा चाख बढ्ने छ र अरु अध्ययनमा चासो बढ्ने सम्भावना  

नेपाली चलचित्र प्रबर्धन गर्ने एउटा मौका पनि हो है 🙂