पोखरालाइ सम्झिनुको धेरै कारण छन जिन्दगीमा

पोखरालाइ सम्झिनुको धेरै कारण छन जिन्दगीमा;त्यसमा अर्को बिशेष कारण थपियो यसै साताका अन्तिम दुइ दिनमा। District Conference मा District Rotaract Representative Nominee को घोषणा अनि त्यो सुन्दर पलले सँगै ल्याएको र थपेको उत्साह चुनौती र अवसरको मिठो रोमान्चकता।।

पोखरा पुग्दा सम्म सामान्य थियो मन,मुटु को गति अनि अनुहारको रङ चाल सबै पिक्चर पर्फेक्ट जस्तै तर एकाएक समय अवस्था असामान्य बन्दै गयो हरेक साथीहरुको सदासयता र आत्मियताले मनलाइ बोझिलो अनुभव हुन थाल्यो। उनीहरुको माया र बिश्वासले मन फुरुङ कम आफैलाइ अझ परिपक्व र संबेदनसिल ठान्न थालियो ,साथीभाइ मेरो हाउभाउ प्रती सचेत थिए। DRR Nominee को घोषणा पछि साथीभाइले खादा लगाए अबिरले लतपताइदिए मन अर्को कारणले खुशी भयो रातो अनुहार ढाकियो सबैले रातो अबिर देखे अनुहार बिर्सिए।

Acceptance Speech बोल्दा भावुकता पछि घर आएसी video मा हेर्दा स्पस्ट देखियो । माफी पाइयोस केही उल्टा सिधा बोलेकोमा भनिया रैछ हैन ठिक ठिकै बोलिएछ तर मेरा प्रिय आफ्ना मान्छेप्रती ५ मिनेट ४६ सेकेन्ड को धन्यवाद मन्तब्यले न्याय दिदैन झै लाग्यो अनि यो status acceptance speech भाग दुइ जस्तै गरि लेख्दै छु !! Rotaract आगमन सुखद रहेन क्लबमा सदस्य हुन लामै समय पर्खिनुपर्यो (सायद ९ महिना)। त्यतिखेरै थाहा भो ठुलो कुरो रैछ यो movement भनेर यसप्रती सधै बफादार रहने बाचा सुरु भयो सदस्य sergeant at arms …हुदै क्लब अध्यक्ष भैयो । RAC Kathmandu Mid-Town’s President – गर्विलो इतिहास भएको क्लबको प्रेसिडेन्ट मैले यतिखेर छुट्याउने नहुने नाम केहि छन्; लेखा म्याम उहाको अनुभव र लगनले नै काठमाडौ मिड टाउन सलबलाउन सकेको छ, समिर दाइ भाइलाइ सिकाउने सबार्ने थर्काउने माया गर्ने जिम्मा तपाइको, भावना दिदि, आभास दाइ, प्रशान्त दाइ, आमोद दाइ, अनिल दाइ, आमोद दाइ, मन्जुषा दिदि, अरुण दाइ, सब्रिना, रक्षा (यो यात्राको सबैभन्दा सहयोगी सहयात्री हप्पू द ग्रेट) र प्रविन अनि अत्यन्त प्रिय मेरो IPP किशोर अनि सुजन जसलाइ मैले सहृदय मिड टाउनको जिम्मेवारी सुम्पिन सके अनि सिचु तिम्लाइ पनि धन्यबाद, I always feel safe on those safe hands; दाइ दिदिहरु Past Presidents, मेरो बोर्डमा भएका सेक्रेटरी बोर्ड मेम्बर, क्लब मेम्बर अनि शुभ चिन्तक आदी। अहिलेको President कपिल र President Elect अनुश्री, तिमीहरुको मेहनत र लगावको फल हो यो सब र क्लब associate सबैलाइ धन्यबाद। अनि सम्पुर्ण क्लबका अहिलेका लिडरहरु जसले मलाइ यसको लायक सम्झेर साथ सहयोग र समर्थन दिनुभयो सबैमा कृतज्ञता टक्राउन चाहान्छु, यो जित तपाईंहरुको हो।

क्लब पछि District आइपुगियो सदासयताको अर्को नाम आशिष दाइ धन्यबाद तपाइलाई, Amit दाइ जसले मलाइ Trainer जस्तो अहम भुमिका दिएर मलाइ तिखारिन ठाउ दिनुभयो, यो सुरुवात थियो District मा। छुटाउन नहने केहि नाम; सुरज पौडेल – I call him unsung hero, my batch mate; जसले म DRR बन्ने सपना म भन्दा पहिले देखेको थियो, सायद यस्तो सम्बन्ध कमै भेटिन्छ । सुरजलाई सम्झंदै गर्दा २०१३-१४ को प्रेसिडेन्टहरु सबैलाइ सम्झन चाहन्छु जोसंग नजिकबाट काम गरियो – Thank you all my batch-mates। साथै नानी काजी दाइ; दाइ अझै याद छन् Zonal COTS मा तपाईंको session मा बसेर यो मान्छे जस्तै trainer बन्छु भनेर गरेको प्रण ।

अब कुरा गरौँ conference कै; धन्यबाद Rotaract Club of Pokhara Fishtail; तपाईंहरुको मेहनत र मायाले यो सम्मेलन अविस्मरणीय भएको छ। बधाई छ यस सम्मेलनलाइ अर्को उचाइमा पुरयाउनु भएकोमा। सम्पूर्ण Fishtail का साथीहरु बधाई र धन्यवादका पात्र हुन्। साथै पर्दा अगाडीको हिरो नानी दाइ सुशील दाइ र बिर्सिन नहुने पर्दा पछाडीको हिरो सुरज र बहुबली अनि समस्त RDC 2016-17 लाइ बधाई।

केहि साथीहरु: समिप, हरी, सुशील, किशोर, लक्ष्मी जी, स्नेहा, सुमित जोसँग समस्यासँग लड्न सिकियो र Rotaract Movement मा एकोहोरो हुन सिकियो अनि अझै धेरै कुरा एक अर्का सङै सिक्न सिकाउन बाकी छ। धन्यबाद यति बिधि supportive भइ दिएकोमा।
अनि all my fellow Rotaractors देश भरी छरिएर रहेका साथीहरु जस्को बिश्वासको जगमा म उभिएको छु जसको मायाको प्रतिनिधित्व यो धड्कनले गरेको छन अनि जसको म प्रतिको निस्वार्थ भाव जसले मलाइ बोल्न सिकाएको छ धन्यबाद मेरो कोसिस यही सदासयता को सम्मान नै हुनेछ र तपाइको बिश्वासमा खडा हुन सक्नु नै हुनेछ । आभारी छु सबै प्रती सबै सुन्दर मन प्रती जसले मलाइ अङालिदिनुभाछ र आफ्नो प्रतिनिधि स्विकार्नुभाछ।

अन्तमा: Rotaract मा नदेखिने तर सँधै मेरो कदमलाइ साथ दिने मेरो हजुरमा, ममी, बहिनी, काका काकीहरु, मामा माइजुहरु, मेरो cousins हरु, साथीहरु सबैलाइ मनै देखि सम्झन चाहन्छु, बिशेष सम्झना बाबुदाइ र उनि दाइ; धन्यवाद, पर्दामा नादेखिएनी तपाईंहरु मेरो जग हो। साथै अहिले सम्म काम गरेको ठाउँका सहकर्मी, अग्रजहरु प्रति कृतज्ञ छु, वहाँहरुको हौसला र बढावाको नि फल हो यो। बिशेष गरि Thames International College र ICCO Cooperation जस्तो हौशला प्रदान गर्ने संस्थामा आबद्द हुनु कम भाग्यशाली हैन मेरो लागि। अनि मलाई सँधै critical feedback दिएर मैले धेरै सिक्न र जान्न बाँकी छ भनेर झक्झकाउने प्रिय Highway भाइलाइ धन्यबाद र माया; सायद यो यात्राको एउटा मिठो खोज।

गल्ती गरे गाली गर्दिनुहोला
राम्रो गरे सम्झाइदिरहनुहोला
हाम्रो सम्बाद नटुटोस

तपाइहरुको बिश्वास नै मेरो शक्ति हो धन्यवाद प्रिय Rotaract साथीहरु जसले fellowship through service जीवन्त बनाइ यो उचाइसम्म पुराउन मद्दत पुराउनुभाछ। धन्यबाद तपाइ आफ्नो ठाममा जोड गर्नुस म आफ्नो ठाममा जोड गर्छु सुन्दर सभ्य र प्रेमिल देश निर्माणमा हाम्रो भुमिका Rotaract 3292 को भुमिका अझ बलियो बन्दै जाओस।

जय रोटर्याक्ट।
तपाईंहरुले नै बनाएको तपाईंहरुको प्यारो रो. सौगात गौतम।

January 9, 2017 मा लेखिएको फेसबुक status. DRR Nominee announced on January 7, 2017.

कसको सडक?

केहि दिन अगाडी काठमान्डूमा धेरै पानी परेपछि जल मग्न भएको सामाखुसीको बाटोमा एउटा स्कुले नानी ढल भित्र खस्छिन् अनि केहि परसम्म बगेर गएपछि बाहिर आउँछिन्। उनलाई एकजना युवाले उद्दार गर्छन। धन्न ज्यान गएन, आंग नै सिरिङ्ग बनाउने त्यो भिडियो हेरेपछि सरकार र नगरपालिकालाई गालि नगर्ने सायदै कोहि थिए। यो एउटा घटना जुन अप्रिय हुन बाट बच्यो, यसले राज्यको उपस्थिति बारे प्रश्न दोहोराएको छ। त्यस्तै घटनामा परि मनमैजुमा अर्को एउटा किशोरीले भने ज्यान गुमाउनु पर्यो। नागरिकको जिउ धन सुरक्षा गर्नु राज्यको प्राथमिक कर्तव्य तर यस्तो घटना हेर्दा हाम्रो राज्य रक्षक भन्दा नि खतरा पो हो कि भन्ने कुराले समाचारमा ठाउँ पाएको छ। धेरैजना अभिवावकहरु त आफ्नो बच्चा बच्ची घर नपुग्दा सम्म ढुक्क हुन नसक्ने अवस्था बनि सकेको छ। यो घटना त एउटा प्रतिनिधि पात्र मात्रै हो राज्य सुतेको जस्तो गरेको प्रमाणित गर्न। सायद खोज्दै गइयो भने धेरै भेटिएला यस्तो घटना जसले राज्य कहाँ छ भनेर खोज्न बाध्य बनाउँछ। तर राज्यलाई मात्र गालि गरि राख्दा अरु यससंग प्रतक्ष सरोकार राख्ने निकायहरुको भूमिका पनि हेर्न जरुरी देखिन्छ।

Photo source: The Kathmandu Post

सडक कार्यहरु त यति ढिलो गतिमा काम हुन्छ कि बार्है महिना दुख पाउँछन् जनताहरु हाम्रो देशमा विशेष गरि राजधानीमा। सडक विस्तार, अनि ढिला मर्मत, बाटोमा अनावश्यक निर्माण सामग्री अनि सडकमा ब्याप्त भ्रष्टचार। टेलिकमले खनेर गएपछि विद्दुत प्राधिकरणले खन्छ , अनि अहिले त मेलम्चीको पाइप अ(लोकप्रिय) छ काठमान्डूमा। सुनेको कुरो साँचो हो भने उपत्यकामा फेरि पोलमा झुन्डिएको तारलाई व्यवस्थित गर्न सडक खन्ने काम सुरु हुँदै छ रे, तयार हुनपर्यो अर्को चरणको धुलो खानलाई। सामाखुशीको ढल घटना बारे महानगरले स्वीकार्दै भन्यो; पानी बग्न नपाउँदा सडक र नाली छुट्टिन पाएन, त्यसैले सामाखुसीको घटना भएको रे। यति भन्दै गर्दा ढल सम्बन्धी काम स्थानिय सरकारको नभई ढल निकास विभागको रहेको भनेर दोष स्थान्तरण गर्ने परम्परागत शैली अपनायो महानगरले। खैर काम हुनुपर्ने हिसाबले काम नभएको प्रष्ट भयो। जनतासँग प्रतक्ष सरोकार राख्ने यस्तो संवेदशील विषयमा पनि बत्ती, पानी र विभिन्न विभाग एक अर्कालाई दोष लागाउन पछि पर्दैनन्। विकासको यति धेरै काम गरि सक्दा र पटक पटक असफल हुँदा पनि समन्वय गरेर काम गर्ने नीति लिएका छैनन् विभिन्न सडक खन्ने निकाय। विकासको प्रमुख सूचक मानिने पूर्वाधार सडक व्यवस्थित कहिले हुने हो भन्ने पर्खाइ छ। यो लेख्दै गर्दा सामाजिक संजालमा प्रख्यात भएको एउटा फोटो याद आयो। फोटो थियो काठमान्डूमा ठमेल बासिले हिलो बाटोमा रोपाईं गरेर सरकारको ध्यानाकर्षण गर्न खोजेको। धेरैले यसलाई उचित माने र यो कदमको वाह-वाहि पनि गरे। त्यो सँगै बुटवलमा एउटा टोलमा टोलबासीहरुले आफैँले पैसा उठाएर सडक बनाएको फोटोले नि ठाउँ पायो। सायद नकारात्मक टिप्पणी र क्रोधले धेरै ठाउँ पाउने भएर होला ठमेल धेरै प्रख्यात हुन पुग्यो बुटवलको टोल भन्दा। तर यसले निकालेको प्रश्न; सडकको जिम्मेवारी कसको हो ? सडकमा स्वामित्व कसको कसको ? अब स्थानिय सरकार बन्यो भनेर सबै कुरा जन-प्रतिनिधिलाई मात्र सोध्ने हो त? सडक राम्रो पार्न कसले के के गर्न पर्ला? सडक विभाग भनेर उत्तर नि छिटै आउला तर यसो सोच्यो भने यससँग सरोकार राख्ने सबैको जिम्मेवारी हो। सायद समय आइ सकेको छ हामीले सडक कार्यको सम्झौता गर्दा अलि गतिलो र राम्रो बनाउने। अरबौको कारोवार हुने सडकलाई नै यसरी हलुका ढंगले हेरियो भने यसको फाइदा कमिसनखोरीले मात्र पाउँछन्, आम जनताले पाउँदैनन्। न्युनतम मापदण्ड सुनिश्चित नभए दण्डको भागिदार हुने किसिमको प्रक्रिया अगाडी बढाउन जरुरी छ।

अहिले सामाजिक संजालको टिप्पणीहरु केलाउने हो भने प्राय नकारात्मक नै हुन्छन्। हो, प्राय प्रोत्साहन गर्ने कार्यहरु नि कम भएका छन् तर जिम्मेवार नागरिक, मिडिया र संस्थाहरुले आफ्नो जिम्मेवारी निभाउने खाले कार्य के गरेका छन् भन्ने कुरा पनि केलाउन जरुरी छ। मलाई आफु बस्ने टोलको व्यथा लेख्न मन लाग्यो। टोल विकास गर्न र टोलको मुद्दा सुल्झाउन टोल सुधार समिति गठन गरिएको छ। टोल सुधार समितिले मासिक पैसा उठाउने गरेको छ। भर्खरै ढल जडान गर्ने कार्य सम्पन्न भएको छ। घरधुरी बाट केहि रकम र नगरपालिकाबाट केहि रकम मिलाएर ढल खन्ने कार्य सम्पन्न भएको हो। झन्डै ६, ७ वर्षको परिश्रम वा संघर्षले गर्दा घर अगाडीको पिच बाटो फोड्ने भैयो अनि ढलको पाइप राख्न। टोलको अग्रजहरुले भने अनुसार यो ढल ल्याउन पनि ठुलो राजनीति गर्न पर्यो। सायद यो ढल राजनीतिमा ठेकेदारको कमिसन, स्थानिय प्रभाव भएका नेतालाई खुशी पार्ने अनि नगरपालिकामा धाउने जस्ता काम धेरै भए। असारमा खनिने भएपनि ढल आउने हर्षले सबैजना दङ्ग परेर ढलको कामलाई स्वागत गरियो। अहिले बाटो यति बिजोग छ कि रोपाईं गरे धान फल्ने निश्चित छ। तर यो टोल सुधार समितिले नगरपालिका र वार्ड अफिस धाइ रहेको छ। केहि सिप नलागे पछि हरेक घर धुरीबाट पैसा उठाएर कम से कम गिटी- ग्र्याभेल हाल्ने कुरा भएको छ जसले बर्खामा सजिलोसँग हिंड्न पाइयोस, हेरौँ यो कामले सफलता पाउने हो कि हैन। हामी विकासलाई निम्तो दिन्छौँ भने यसले पार्ने प्रभाव बारे ख्याल गर्नपर्छ। साथ साथै, व्यवस्थित विकास प्रक्रिया पनि छैन हाम्रो, एकपल्ट यहि ढल खन्ने क्रममा एकपल्ट ठेकेदार गायब हुने हल्लाले तनाव दियो तर यस्तो भएन। हाम्रो टोलले भोगेको सामान्य कथाले पनि हाम्रो व्यवस्था उजागर गर्छ। सडक सम्बन्धी टिका टिप्पणी धेरै भएर होला प्रधानमन्त्रीले १५ दिन भित्र सबै खाल्डा खुल्डी पुर्ने निर्देशन दिए। लोकप्रिय हुने निर्णय हो कि साँचीकै विभिन्न निकाय मिलेर यसलाई सार्थक बनाउँछन् हेर्दै जाउँ। तर विज्ञहरुले भनेको मान्ने हो भने अहिलेको उपत्यकाको खाल्डाहरु पुर्नलाई १५ दिनले पुग्दैन। त्यसैले १५ को सट्टा ५ महिना लगाउँदा हुन्छ जसले न्युनतम मापदण्ड पुरा गरेको होस् र आँखामा छारो हाल्ने काम नहोस।कुर्दै बसेको छु टोलमा गिटी-ग्र्याभल र काठमान्डूमा खाल्डो बिहिन सडक।

त्यसैले, सडकको स्वामित्व सरकारको मात्र नभई यसमा प्रतक्ष सरोकार राख्ने व्यवसायी, बटुवा, सवारी चालक, आदि पर्छन। सामाखुशीको घटना निन्दनीय त छ तर यसमा त्यस वरपर हुने पसल, घरहरुको सहभागिता के कस्तो छ भन्ने प्रश्न नि उठ्छ। आफ्नो टोल गाउँ आफैं बनाउ भन्ने मानिसिकताले अगाडी बढी सहभागितामूलक ढंगले काम गर्न सके समस्या अवश्य पनि कम हुन्छ। सडक छेउ-छाउमा अनावश्यक निर्माण सामग्री होस् वा अव्यवस्थित फुटपात, सडक भएको समुदायको कम संलग्नता होस् वा सडक संरक्षण गर्न कम चासो, यस्तै खबरदारी र ताकेता गर्ने संस्कारको कमिले सडक बिग्रेको हो। एउटा भाइले बारा जिल्लाको घटना सुनाएका थिए, त्यहाँ एउटा गाउँमा बाटो खनेर बिग्रिएको रहेछ। एमालेका कार्यकर्ता आएर पानि परेको बेला धान रोपेछन्, त्यसको केहि दिन पछि केन्द्रको पहुँच लाएर कांग्रेस माओबादिले बाटोमा गिट्टी हालेछन् र डोजर लाएछन्। यसो बुझ्दा सम्बन्धित निकायसँग के कस्तो काम गर्ने गराउने हात त हामि आफैं संग छ। बाटोमा ढुंगा खोजेर खाल्डो पुर्ने कि धान रोप्ने भनेर छान्ने हामीले नै हो। अब चुनाव जिताउने मतदाताले पनि आफ्नो जन-प्रतिनिधिलाई जिम्मेवार हुँदै जवाफदेही बनाउन तिर लाग्न पर्छ। यसमा चुनाव हारेका पनि धान रोप्न जाने भन्दा जिम्मेवारी र जवाफदेहीताको सिद्दान्त मनन गरि अगाडी बढ्न जरुरी छ। पहिलेको स्थानिय तह भन्दा केहि शक्तिशाली भएको अहिलेको स्थानिय तहबाट केहि आशा छन्। तर स्मरण रहोस हाम्रो भोटको मुल्यको निर्धारण हामीले गर्ने हो, एउटा राम्रो खबरदारी गर्ने जन आवाज बनेर।

त्यसैले जनताले पनि परिवर्तन भएको व्यवस्थालाई मनन गरि सशक्त नागरिक भूमिका खेल्न तयार रहनु पर्छ। पक्कै पनि यो सडक व्यवस्थापन गर्ने वैज्ञानिक प्रक्रिया हुनुपर्छ र अध्ययन गरेर बनाइएको विधि होला। तर त्यो विधिमा चल्न नसक्नु भनेको दुर्भाग्यपूर्ण हो। विधि नीति हुँदा हुँदै पनि कार्वान्यन कमजोर हुनु दुखद। यसमा केहि हदसम्म नागरिक समाजको कमजोरी पनि झल्किन्छ। त्यसैले नागरिक समाज, मिडिया र सचेत नागरिकहरुले रचानात्मक भूमिका नखेलेसम्म सडकमाथि मनपरीतन्त्र नै हावी हुन्छ। त्यसैले नीति निर्माता र स्रोत पहुँच भएकाहरुले दिन तोकेर नमुना शहर बनाउने घोषणा गर्नु भन्दा यस्तो बेथितिलाई हटाउन लागे राम्रो हुने थियो। अन्तमा, सडक, ढल, पाइप, तार व्यवस्थित नभई स्मार्ट सिटि र इ-शौचालयको सपना बाँड्नु भनेको आँखामा काँडा राखेर फुल देख्न खोज्नु जस्तै हो।

Election Excitement

With the approaching local election amplifies the pace of political discourse. The enthusiasm and excitement brought by the local election in town and villages are well reflected in media. 20 years of long wait or let’s say after resolving the political agreement of democratizing the nation, people are finally getting their chance to cast vote to elect their local representatives. Still with strong objection from Madhes based political parties demanding the amendment of constitution, country is on verge to elect more than 39,000 local leaders across the nation with restructured local government structure as Nagarpalika and Gaunpalika. The provision of having women and marginalized people’s representative is something interesting to watch out this time with over 14 million people being eligible to vote. For last 14 years, it was bureaucratic bodies who handled the local government.

The announcement of local election definitely has built the gusto in general public as election is the best possible form of exercising democratic rights, however, choosing the right leader is must which all agrees looking at the current political assortments in Nepal. The dimension of choosing right leader is being well taken and forward by the alternative political forces who announced their goal of cleansing the politics culture in Nepal. Also considering the fact of less number of elections in Nepal for last 3 decades, specially a local election, it is sure that the delight and interest this election will bring is going to create buzz to garner world’s attention towards our nation. Looking at the preparation of election commission, media backing on flashing the election news, drive of local leaders in promotion and most importantly people’s anticipation to use voting rights after huge gap are some prominent factors that can make this election popular. Of course, there has to be effective role of every stakeholders to make sure this election is free and fair. If we quote major headlines of newspaper and online media these days, the headline denotes the following thoughts ‘number of potential candidates are high’ ‘potential candidates march to capital for ticket lobby’ ‘excitement in district for local poll’ and something like these. This is very obvious that number of aspiring candidates would be high when a full generation is voting for the first time and others did not vote for a while.

Having said about the election’s potential and prospects, there are group urging the uncertainty of election considering the objection of Madhes based political parties and main opposition UML’s stand on not agreeing to amend constitution to meet release the objection of dissatisfied groups. Looking the Nepalese politics through south block’s spectacles is another reason why some think tanks are still doubtful on holding the successful election within mentioned time frame. Also the constitutional obligation of holding three elections in ten months’ frame is something which is making election commission and government to work extra and making it happen. Conducting 3 elections in 10 months is tough call for sure but there’s no alternative to this considering the chances of constitutional vacuum. The historic local election is allowing large number of women, Dalit and marginalized community’s representative to be a part of local election. This time it’s not only the provision but seems to be mandatory ; for instance ward election ensures one women and one Dalit women as the member of ward committee. The local government will be responsible to draft the local policies and the local representative later act the member of upper house with some designated bigger roles.

Now the role of every concerned stakeholders is to promote the local election and encourage that meaningful participation in every way possible. There is still some reservation from agitating forces saying ‘constitution amendment first before election’. Consequently, the major political parties should come together may be for last time before we move towards institutionalizing constitutional democratic practices. We have witnessed in the past that consensus notion has really worked well in settling our political disputes. Let us agree there’s no alternative of local election, because after the devastating earthquake in 2015 we faced challenges in distribution of relief and still are facing challenge in reconstruction and rehabilitation due to nonexistence of responsible representative or elected local government. The local offices are all set to get full with elected councils to penetrate local development considering a long gap.

O3npCKBY
Photo taken from twitter page of @NepalVotes

 

सम्झनाको क्यान्भासमा गिरिजाबाबु !!

केहि दिन अगाडी अहिलेका चर्चित स्वास्थ्य मन्त्री गगन थापाले त्रि-चन्द्र क्याम्पसमा युग पुरुष गिरिजाबाबुलाई सम्झँदै थिए, उनी पहिलो संविधान सभाको चुनावताका १०० वटा भन्दा बढी आमसभा पुगेर आएपछि गिरिजाबाबुलाई भेट्न जाँदाको महत्वपूर्ण किस्सा सुनाउँदै थिए।

गगन थापा: म देशभरि घुमेर आएको छु, तपाईंलाई यहाँ बसेर चुनाव जितिन्छ जस्तो लागेको छ ? वास्तवमा हामो पार्टी चुनाव हार्दै छ। हाम्रो उमेद्वारहरु मैदानमा छैनन्। हामी यो चुनाव हार्दै छौँ।

गिरिजाबाबु: तिमीलाई थाहा छ चुनाव हार्दै छौँ भन्ने, म पार्टीको सभापति, अझ देशको प्रधानमन्त्री मलाइ थाहा छैन होला ? तिमीलाई भन्दा राम्रो संग मलाई थाहा छ, यो चुनाव काँग्रेस हार्दै छ भनेर। तर पनि यो चुनाव गर्नैपर्छ किनभने यो चुनाव गरायो भने काँग्रेस हार्छ तर चुनाव गराएन भने नेपाल हार्छ।

आज गिरिजाबाबुले यो संसार छोडेको सात वर्ष भइसकेछ। पछिल्लो समयको नेपाली राजनीति वा भनौं २०४६ साल पछिको राजनीतिक उतार-चढावको कारक र साक्षी हुन् स्वर्गीय गिरिजा प्रसाद कोइराला। सायद जीवनको उत्तरार्धमा मान्छे कमाउन सफल नेताका रुपमा चिनिने नेता हुन् गिरिजाबाबु। उनलाई गाली गर्ने जमात पनि धेरै छन् तर पनि उनको २०६२ – ६३ आन्दोलन ताका र त्यसपछिको घटनाक्रममा उनको योगदानको कारणले उनलाई नायक नै मानिन्छ। नेपाली राजनीतिको एक शिखर पुरुष हुन् स्व: गिरिजा प्रसाद कोइराला। बृहत शान्ति सम्झौतालाई बाटो दिने कार्यले उनलाई र तत्कालिन बिद्रोही सुप्रिमो कमान्डर प्रचण्डलाइ सँगै उभ्याएको थियो। त्यस पछि देशले कहिल्यै भुल्न नसक्ने प्रचण्ड-गिरिजाको Golden Handshake अहिले देशको राजनीतिक बाटो तय गर्दैछ भनेर भन्दा फरक नपर्ला। मेरो यो लेखमा आफुले देखेको गिरिजाबाबुलाई केलाउने प्रयत्न गर्दै छु र यसमा देशमा गणतन्त्र आउने बेलाको कुराहरु सम्भवत: केही बढी मात्रामा जोडिने छन्।

गिरिजाबाबुले पछिल्लो समयको राजनीतिक घटनाक्रमको नेतृत्व गरे र त्यो राजनीतिक उपलब्धिको संरक्षक पनि बने। अहिले स्थानिय चुनाव घोषणा भएको र यो हुने नहुने भन्ने टिका-टिप्पणी हुन थालेको छ, विशेषत: तराईमा उत्पन्न भएको समस्याका कारण केहिजन चुनाव हुनेमा आशंका व्यक्त गर्दै छन्। सन् २००७ र २००८ मा पनि यस्तै अन्योलता थियो। अझ भनौँ त्यस बेला पनि मधेस तातिएको थियो तर त्यसबेला गिरिजाबाबुले देशवासीको नाममा सम्बोधन गरी चुनाव जसरी नि हुन्छ र यसलाई जसरी पनि गराउछौं भन्ने दृढ संकल्प व्यक्त गरे। उनले त्यसबेलाको मधेस दलहरुसँग सहमति गरे र त्यो सहमतिले चुनावको ढोका खोल्यो। पहिलो संविधान सभा चुनाव भयो र तुहियो पनि तर त्यसले दोस्रो संविधान सभाको बाटो भने खोल्यो र देशले अन्तत: संविधान पायो। केहि विज्ञहरु गिरिजाको सोहि निर्णयले गर्दा अहिले सम्म विवाद भएको भन्छन्। खैर, त्यो कुरामा केही सत्यता होला।

गिरिजाबाबु अनौठो व्यक्ति थिए। त्यसबेलाको ज्ञाताहरुको कुरा मान्ने हो भने सबै दल चुनावमा जान डराएका थिए, कारण थियो ‘हार’ को डर। केही नेताहरुलाई संक्रमणमा रमाउने बानी परेको थियो। काँग्रेसको पनि हालत त्यस्तै थियो, तर गिरिजाबाबुकै शब्दमा भन्ने हो भने उनि आफ्नो Conviction बाट पछि हटेनन र उनले कसले के भन्छ भन्ने कुरालाई पनि खासै वास्ता गरेनन्। सायद यस्तै-यस्तै कारणले गर्दा होला गिरिजाबाबु एकोहोरो बानी भएको नेताको रुपमा पनि चिनिन्छन्। एकछिन गिरिजाबाबुको एकोहोरो बानीको कुरा गरौँ। देशमा जब राजाले निर्वाचित प्रतिनिधिहरुलाइ पाखा लगाएर आफु शक्ति केन्द्र बनेका थिए, त्यसबेला गिरिजाबाबुले निर्वाचित प्रतिनिधि (संसद) पुनर्स्थापना गर्नुपर्छ भनेर रट लगाउँथे। यसै त भ्रष्टचारले ग्रसित भएको देश झन् त्यसमाथी गिरिजाबाबु त भ्रष्टाचारमा अगाडी नै देखिन्थ्ये। त्यसैकारणले गर्दा उनको कुरालाइ खासै मिडियाको नि साथ थिएन, त्यहि पनि गिरिजाबाबुको नेतृत्वमा तत्कालीन ७ दलको प्रतिगमन विरुद्धको आन्दोलन सुरु भयो। राजाले बेला बेलामा प्रधानमन्त्रीको चिट्ठा खोल्थे र नेताहरुलाई पंगु बनाउथे। त्योबेला नेपाली काँग्रेस २ कित्तामा बाँडिएको थियो र नेकपा एमाले पनि एक-दुइ पल्ट प्रतिगमन आधा सच्चियो भन्दै राजाको चुटकिलामा सामेल भएका थिए। यसरी राजाको दर्शन भेटमा जाने अरु नेता र दलहरुलाइ झकझकाउने काम गर्थे गिरिजाबाबु। उनको हठ ठिक थियो थिएन थाहा भएन तर अन्त्यमा सबैजना उनले समातेको बाटो मै आउनु पर्यो। कतिले त राजाले गिरिजाबाबुसँग निहुँ खोज्नु नै गणतन्त्रको मुहान बन्ने प्रमुख कारण हो भन्छन् किनभने गरिजाबाबु माओवादी-प्रेमी भने अवश्य थिएनन्। राजाको यिनै कमजोरी ८० नाघेका गिरिजाले सजिलै समाते। यो उनि कुटिल राजनीतिक खेलाडी हुन् भनेर साबित गर्ने एउटा प्रतिनिधि किस्सा मात्रै हो।

जुनबेला राजाले जनताको नासो जनतालाई नै फिर्ता भनि घोषणा गरे, त्यसबेला सबै नेताहरुले एकजुट  भएर गिरिजाबाबुलाई नै देशको नेतृत्व सम्हाल्नको लागि आग्रह गरे। तर, पछिल्लो समयमा सबैले मानेका अनि चाहेका नेतालाई देशको नेतृत्वमा नपाउनु राजनीतिक खिचातानीको कारणले हो।

गिरिजाबाबुको अर्को राम्रो बानी भनेको उनि आफ्नो बोलीमा अडिग थिए। चुनावको मिति सर्थ्यो तर उनले चुनाव हुँदैन भनेर कहिल्यै भनेनन्, उनले कतिपय त्यस्तै कुराहरु एक्लै भएको बेला आएर सोध्नु भन्थे किनभने केहि बोल्यो भने शान्ति प्रक्रिया भडकिन्छ कि भन्ने डर थियो र उनी तर्किने गर्थे। यस्तो कुरामा तर्किनु पनि सहि साबित भयो। कसैले अलि गाह्रो र आच्छु आच्छु पर्ने प्रश्न गरे भने प्रश्न गर्नेलाइ तेइ प्रश्न तेर्साउँथे र सहयोग गर्न अपिल गर्थे र प्रजातन्त्र संस्थागत हुने बेला संक्रमण भड्किने काम नगर्न आग्रह गर्थे। बिपीलाई नजिकैबाट चिनेका गिरिजाबाबुले बिपीको नीति र बिपीसँग जोडिएको विभिन्न प्रशंगहरु जोडेर कुरा गर्थे अनि नेपाली काँग्रेसले गरेको योगदानको कुरा गर्न कहिल्यै पनि चुक्दैन थिए। उनको उत्तराधिकारी र काँग्रेस, देशको भविष्यमा उनको जवाफ प्रजातन्त्रको संस्थागन र समस्याको समाधान संविधान सभाको चुनाव भन्दै हिंडथे।

गिरिजाबाबुलाई भ्रस्टाचार र अहिलेको राजनीतिलाई अन्योलताको बाटोमा पुराउने दोष पनि लगाइन्छ। परिवार मोह वा भनौं सुजाता मोहले गर्दा उनले सुजाता कोइरालालाई मन्त्री बनाउने हठ लिए, त्यसले गर्दा उनलाई केहि अलोकप्रिय भने बनाएकै हो। हुन त गिरिजाबाबु नजिक रहेर काम गरेकाहरुले राजनीतिक फड्को मारेकै देखिन्छ, पार्टी भित्र होस् वा पार्टी फोडेर जानेहरु हुन्। दोस्रो संविधानसभाको चुनावमा काँग्रेसले जित्यो र उनकै पथमा हिँड्ने र उनलाई मान्ने सुशील कोइरालाले देशलाई संविधान दिलाई छाडे।

माओबादी नेता प्रचण्ड पनि गिरिजाबाबुको मृत्यु पश्चात पनि उनको गुणगान गाउँथे – गिरिजाबाबू ले यो भन्नु भयो, यसरी गराउनु भयो भनेर उनको योगदानको कदर गरेर थाक्दैन थिए। कतिसम्म भने प्रचण्डले गिरिजाको उचाइको सम्मान गर्दै गिरिजाबाबुले प्रचण्डलाई देशको जिम्मा दिएको र उनको उत्तराधिकारीको रुपमा गिरिजाबाबुले प्रचण्ड देखेको उद्घोष समेत गर्थे। सबैले स्वीकार गर्ने गिरिजाबाबुको गुण भनेको उनले निभाएको अभिभावकको भूमिका र नियममा रहेर समाधान खोज्ने उनको प्रवृति हो। सहमति र सहकार्यको मन्त्र जप गर्ने कोइरालाको मन्त्र अझै पनि सान्दर्भिक छ र देशले केहि समय यो मन्त्रको मनन गर्नु पर्ने देखिन्छ किनभने झन्डै १९,००० को ज्यान लिने जनयुद्दको अन्त्य सहमति, सहकार्य र एकताले नै भएको हो। गिरिजाबाबुको यो कदमले देशले फाइदा बेफाइदा के बेहोर्यो भन्ने विवादको समिक्षा पछी गरौँला तर कम से कम देशमा जुन युद्द चुलिएको थियो त्यसको भने अन्त्य भएकै हो, देशको राजनीति Bullet बाट Ballot सम्म आएकै हो र देशले समाधान लोकतान्त्रिक प्रक्रियाबाट खोज्न थालेकै हो। उनमा दोषको कमि भने छैन तर उनको दोष पछिल्लो शान्ति प्रक्रियामा गरेको योगदानले पखाल्यो भन्दा अत्युक्ति नहोला किनभने गिरिजाबाबुको मलामीमा आधा काठमाडौं उर्लेको थियो। यस्तो विदाइ विरलैले मात्र पाउँछन्।

अन्तमा: आज सेतोपाटीमा तुलानारायण साहको लेखको अन्तिम अंश राख्न मन लाग्यो जसमा साहले आफ्नो  पूर्व राजदूत शिवशंकर मुखर्जीसँगको भेटको कुरा राखेका छन्, यसले पनि गिरिजाबाबुको राजनीतिक छविको बारे उजागर गर्छ।

संयोगवश, केही साता अघि पूर्व राजदूत शिवशंकर मुखर्जीसँग एक डिनरमा भेट भयो। अलिक हलुका माहौलको ब्यग्रतापूर्वक प्रतिक्षारत थिएँ। माहौल अलिक खुकुलो हुनासाथ मैले सोधेँ, –महामहिमजी बितेको एक दसकमा मधेसी मोर्चा काठमाडौं बीच अनेकौं पटक अनेकौं बुँदाको सहमति भएको तर सन् २००८ को फेब्रुरीमा तपाईँको मध्यस्थतामा भएको बुँदे सहमतिजस्तो कुनै सहमति भएको छैन। त्यो सहमति कसरी सम्भव भएको थियो? स्पष्टवत्ता मुखर्जीले जुसको गिलास अगाडिको टेबलमा राख्दै भन्नुभयो,– ‘अल डयू टु गिरिजाबाबु’…अर्थात ती सबै गिरिजाबाबुको कारण सम्भव भएको थियो। त्यो चैँ कसरी? मेरो अर्को छोटो प्रश्न थियो। ‘गिरिजाबाबु बडो स्पष्ट हुनुहुन्थ्यो भन्नुहुन्थ्यो – तपाईँलाई मन परोस् वा नपरोस् तर आन्दोलन उठिसक्यो भने त्यसमा उठेको एजेण्डाको सम्बोधन हुनुपर्छ। वार्तामा सबै पक्षले केही केही पाएको महशुश गर्नुपर्छ । …….वश, गिरिजाबाबुको त्यही बटमलाइनलाई टेकेर बुँदे सहमतिको ड्राफ्ट तयार भएको थियो।

कहिलेकाहिँ सोच्ने गर्छु गिरिजाबाबु साँचै पहिलो संविधानसभाको चुनाव पश्चात गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भएको भए के हुन्थ्यो होला ? गिरिजाबाबुको चाहना राष्ट्रपति भएर संसार छोड्ने थियो भन्ने कुराको टिप्पणी धेरै भइसक्यो। सायद Gentlemen’s Agreement पनि त्यहि थियो तर राजनीति न हो – गिरिजाबाबुको यो सपना पुरा हुन सकेन र जानकारहरुको कुरा मान्ने हो भने देश अहिले को जस्तो धेरथोर भए पनि अन्योल परिस्थितिमा पुग्ने थिएन वा पहिलो संविधान सभा तुहिने थिएन। मैले गिरिजाबाबुलाई एउटा राजनीतिक हिरो कै रुपमा लिन्छु किनभने मैले बुझ्न थालेपछिको राजनीतिको सुत्रधार थिए उनि, एउटा निश्चित लक्ष्यको पछि थिए एक ८० नाघेका जोशले भरिएका नेता। अहिलेको अवस्थामा गिरिजाबाबु जस्तो नेताको खोजिमा छ देश र धेरैले भन्ने गर्छन् – गिरिजाबाबु नभएर हो यस्तो भएको। साँच्चै अभिभावक त देशले खोजेकै छ जस्तो पनि लाग्छ र राजनीतिक उपलब्धी संथागत गर्न सबै जिम्मेवार पार्टी, नागरिक समाज, पत्रकार र अन्य निकाय एक ढिक्का भएर रास्ट्रिय मुद्दा सम्बोधन गर्नु नै गिरिजाबाबु प्रति सच्चा श्रद्धाञ्जल़ी हुनेछ।

र अन्त्यमा, मेरो यो लेख पुरै पढ्नेहरुलाइ सोध्न चाहन्छु – साँच्ची! गिरिजाबाबु अहिलेसम्म बाँची राखेको भए के हुन्थ्यो होला ?