‘ऊ कस्को’ नाटक हेर्नु पर्ने ५ कारण

हिजो रोटर्याक्ट क्लब अफ काठमान्डू मिड टाउनले गरेको  कस्को भन्ने नाटकको charity show हेरियो। शंकर लामिछानेको  कसको हो?’ कथालाई नाटकमा राम्रोसंग प्रस्तुत गरिएको छ। यदि फरक खाले नाटक हेर्न मन छ अथवा सामान्य भाषामा भन्नु पर्दा अलि हट्के नाटकको लागि ऊ कस्को भन्ने प्रस्तुति हेर्नै पर्छ। प्रस्तुत छ ऊ कस्को हेर्नु पर्ने ५ कारणहरु:

. निकै रोचक कथा
कुनै पनि नाटक राम्रो हुन त्यसको कथा-बस्तु राम्रो हुनुपर्छ। शंकर लामिछानेको ससक्त लेखमा आधारित यो लेखले मजाको बिषयवस्तुलाइ आधार मानेर कथा अगाडी बढाएको छ।  कल्पना गर्न पनि नसकिने एउटा मान्छेको मस्तिस्कलाइ अर्को मानिसको शरीरमा लगेर जोडिन्छ अनि सुरु हुन्छ कथा। यस नाटकमा विभिन्न पक्षको विवाद र द्वन्द हेर्न पाइन्छ जस्तै ज्ञान कि विज्ञान, शारीरिक प्रेम कि अनन्त प्रेम, यसरी नै यी सबैको लडाइ बीचमा फसेका चरित्रहरूको राम्रो वर्णन गरेको छ ऊ कस्को ले।  समग्रमा कथा राम्रो छ अनि हेरुनजेल मजा नै आउंछ, कतै भावुक बनाउंदै धेरै हँसाउन पनि भ्याउंछन् कलाकारहरु।

. राम्रो अभिनय हेर्ने मौका
म कलाकारिता क्षेत्रको मान्छे हैन, सामान्य दर्शक हुँ र दर्शकले नै कलाकारको मुल्यांकन गर्छन भ13078348_859189324208165_278419122_oने यो नाटकमा उत्कृस्ट अभिनय हेर्ने मौका पाइने छ।  प्रत्यक्ष प्रदर्शनको बेग्लै मज्जा हुन्छ तर अभिनय गर्नेलाई भने त्यस्तै कठिन, सिनेमामा जस्तो RE-TAKE हुँदैन तेइपनि सिनेमा भन्दा कुनै कुराले पनि कम छैन यो नाटक। धेरै कलाकारले मन जित्ने छन् तपाईंको, अहिले कसैको नाम नभन – नाटक हेर्नु होला ति चरित्र जान्नको लागि। हाम्रो उपस्थितिले कलाकारलाई हौसला पनि मिल्ने छ।

. हाम्रो सामाजिक चित्रण:
माथि भनि सकेको छु कथाको सुरुवात, एउटा मान्छेको मस्तिस्क अर्को मान्छेको शरीरमा – सुन्दै पत्याउन गाह्रो, पत्याए पनि स्वीकार्न गाह्रो। हो धेरै हदसम्म हाम्रो समाज अपरम्परागत र नयाँ सोच र खोजलाई खासै मान्यता दिने चलन छैन। कुनै भिन्न कुरा अपनाउन निकै समय लाग्छ, हो नाटकले यो कुरा पनि प्रस्ट पारेको छ, हामी स्थिर हुनुको कारण, यथा-स्तिथिमा भइ राख्नु पछाडीको कारण पनि केलाएको छ। त्यहाँ भएको बहस र निर्णयले हाम्रो सामाजिक अवस्था उजागर गरे जस्तो लाग्छ र अवस्य पनि हामी प्रगतिशिल हुन प्रोत्साहन गर्छ।

. ‘ कस्कोभनेर थाहा पाउन:
नाटक हेर्दै गर्दा तपाईंको दिमाग सोचमग्न हुनेछ ऊ कस्को भनेर, नाटकमा जसरी ऊ कसको भन्ने बहस चल्छ, हाम्रो दिमागमा पनि ऊ कस्को भन्ने कुरा खेली नै रहने छ। यहाँ ऊ भनेको गौतम सुब्बा भन्ने पात्र हुन्13062663_859189884208109_359612091_o, निकै राम्रो संग कथालाई प्रस्तुत गरिएको हुँदा नाटक सकिंदा ऊ कसको त भन्ने प्रश्न उठी राख्ने छ त्यसैले जानुहोस् नाटक हेर्न अनि निर्णय गर्न सहयोग गर्नुस कसको भनेर। तपाईंको सहभागिताको खाँचो छ यो निर्णय गर्नलाई।

. शंकर लामिछानेलाई नाटकमा हेर्न:
प्राय नाटकहरु विदेशी लेखकहरुको लिने गरेको पाइन्छ, यो नाटक नेपाली साहित्यकारले आज भन्दा ४० – ५० वर्ष अगाडी नै परिकल्पना गरेका थिए र शब्दमा उतारेका पनि थिए।  यो पल्ट निर्माता, निर्देशक र कलाकारहरुले यस्तो कथा लिएर नेपाली नाटकमा थप उर्जा पैदा गर्ने काम गरेका छन् र देखाएका छन् नेपाली कृतिहरु राम्रा छन् नाटकका लागि। यस्ता कयौं कृतिहरु छन् जसले यस्तै अवसर पाउने छन्।  तसर्थ शंकर लामिछानेको बारेमा जान्न र उनलाई मंन्चमा हेर्न यो नाटक हेर्न जरुरी छ।

समग्रमा नाटक धेरै राम्रो तरिकाले चित्रण गरिएको छ, नाटक हेरी राख्नेहरु त अवस्य जानु हुनेछ तर अहिले सम्म नाटकघर गएर नाटक हेर्नु भएको छैन भने यो नाटकबाट सुरुवात गर्नुस्, तपाईं निराश हुनुहुने छैन। यति भन्दै विजय बराल उर्फ कबड्डी कबड्डीको बि.के दाइ संग पनि भेट हुने सम्भावना हुन्छ त्यसैले यो मौका पनि नछुटाउनुस्। अन्तमा प्रविण खतिवडा र गोबिन्द पराजुलीलाई धन्यबाद यो प्रस्तुतिको लागि र बिजु महर्जनलाई धन्यबाद तस्विरको लागि।

अरु जानकारी

नाटकको शिर्षक: ‘ऊ कस्काे’
मिति : बैशाख २६ गते सम्म प्रदर्शन हुँदै छ तर साेमबार नजानु होला।
समय : ५:१५ बजे
स्थान: मण्डला नाटकघर, अनामनगर

शनिबार भने १ र ५:१५ बजे देखाइने छ यो नाटक त्यसैले मिलाएर जानु होला।

Gagan Thapa: Youth throb

The recently held convention of Nepali Congress have elected its major portfolios. Former Prime Minister Sher Bahadur Deuba,  Shashank Koirala and Sita Devi Yadav as Party President, General Secretary and Treasurer respectively along with its central working committee. The youth leader Gagan Thapa took a bold step to file for such portfolio (General Secretary) standing in third panel which was completely fresh panel with less power block. Gagan Thapa lost the election bagging 584 votes as the candidate.

EYwIOzlM
Photo taken from Gagan Thapa’s twitter @thapagk

Gagan Thapa has been a popular/dynamic leader ever since his involvement with Nepal Student Union. In 2062/63 people’s movement, his speeches and actions always became a major intervening points that brought people specially youth on street to end monarchy. His oratory skills are impressive where he tactfully deals with facts and figures. He became a sensation to many Nepalese youth despite their political affiliation and became a hope to those who thought they are disassociated from politics. He had a vibrant presence in media as well. Considering all these facts of his vibrancy very few had indeed expected of his loss. Not only for his followers but even for himself the candidacy in the 13th convention of Nepali Congress and his loss is something unexpected. However, there are lessons that Gagan should learn from the election and sharpen himself for future. The political dynamics could be different than of people’s expectation. It is obvious that leaders like him should someday face such scene, as winning and losing are a part of game.

Gagan Thapa would have easily won the election as the top 25 Central Committee Member which in itself is an achievement. Many analyst says it was too ambitious plan for Gagan Thapa to file against political veteran like Arjun Narsingh K.C. and son of BP Koirala Dr. Sashank Koirala. Having said that, it is neither fast nor slow to reach the power, it is political strategies and campaigns that brings you on boat and you have to swing that boat further.  So I would rate Gagan Thapa’s campaign to become an elected General Secretary was not up to the mark, many party worker are influenced with his speech but being with party worker is must if he wanted to give a tough fight to his competitors. In this scenario beating the sentiments of BP Koirala, fighting against senior Arjun Narsing KC and attaching himself with third faction were few factors of loss. If we believe political rumors, he was one of the obvious choice of being a joint general secretary (nominated one), he would have easily opted that and sharpened himself for future leadership. Similarly, being in central working committee taking leadership on Organizational Development and training party workers would have definitely made Gagan Thapa to rise high fulfilling his party’s objectives as well.

However, it will be very narrow judgement to analyze his defeat. There are many hopes and possibilities that have arrived from his candidacy. The vote he bagged are not bad I would say, those votes were decisive one and are considered a good one for someone who wanted to give leadership statement. He showed anyone can be a party leader in nation largest party which has definitely given a good message on democratic practice. The candidacy from him and his affiliate panel has given message that party should come out with 60-40 faction and do concrete as an ideal political party.

Now, question is what next after this for Gagan Thapa? This definitely is not over for him, he has already been nominated to be in working committee. He also needs to come out of the youth driven sentiments and prove himself as a good leader now to accommodate all level of population since he will be 44 in next convention and work on his limitations. The potentiality of Gagan Thapa will covert this scenario into opportunity and make strong move that are public driven. His image is as of an advocate who believes entering in the existing system and making it worth. His move may have been criticized at times however, the message of testing leadership will be something that future leaders needs to learn from him. He has been a messenger of that how hard it is to take up (attain) leadership so this process is positive in a way to provoke young leaders to prepare themselves well to take off and make a safe landing in politics. Many have started questioning about his political career ahead, however, there are people who have considered his move positively that have enhanced his political height. Hence, let’s not generalize his loss as loss of youth but consider the need of youth in politics to create enabling environment in forth coming days.

२०७२ सालले सिकाएको पाठ

२०७२ साल सायद धेरै नेपालीहरुलाई बिर्सिन खोज्दा पनि नबिर्सिने घटना घटेका छन्, धेरै नमीठा अनुभव भए भने केहि राम्रा अनुभव पनि भए।  जे जस्तो भए पनि धेरै-थोरै पाठ सिकेका छौँ हामीले, तेही अनुरुप सिकेका केहि पाठहरु लेख्न जाँदै छु, येसो अरु केहि महत्वपुर्ण सिकाइ भोगाइ छन् भने थप्नु होला;

१. बैशाख १२ र २९ गएको भुकम्पले तर्सायो, धेरैको ज्यान गयो, मानिसहरु घर बिहिन भए, यसबाट निस्केको तनाब र पीडाको लेखा जोखा नै छैन। आइ पर्न सक्ने विपतसंग जुध्न गर्नु पर्ने तयारीको महत्व बुझिएको छ। भुकम्प जाँदाको समयमा एक अर्कालाइ सहयोग गर्दा मिल्ने सन्तुस्टी, छर-छिमेकको महत्व के हो भन्ने थाहा पाइयो र बिशेस गरी शहरी क्षेत्रमा मानिसहरुले यसलाई बढी बुझ्ने मौका पाए। त्यस्तै सरकार अनि सम्बन्धित निकायले आफ्नो असक्षमता र कम तयारीलाई स्वीकारी राम्रो तयारी गर्नु पर्ने देखियो।

२. असोज ३ गते नेपालले बहु प्रतिक्षित संबिधान पायो र त्यो संबिधान जनताले पठाएको प्रतिनिधिबाट।  ८ वर्ष लगाएर बनाउन गाह्रो परेको संबिधान निस्किने कुरामा धेरैले बिश्वास गरेका थिएनन् तर निस्कियो। चाहाना राखे सम्भब छ भन्ने संदेश गयो तर त्यस पछाडी तराई आन्दोलनले जुन रुप लियो, त्यसले पनि राजनीतिमा कम हाँक्ने अनि दम्भ राख्नेको फल देखायो। धेरैले यो सामान्य हो, १०० % सबैलाइ चित्त बुझाउन सकिन्न, २ दिन मा सेलाउने आन्दोलन, बहुमत प्राप्त संबिधान भनिएता पनि नाका केन्द्रित आन्दोलनले धेरै जनताले दुख पाए र अझै पाउँदै छन्। त्यसैले राजनितिक असमझदारी भनेको सानो ठुलो भन्ने हुन्न, सहमति हुन गारो होला तर नेताको हठले जनताले दुख पाउँछन् भन्ने कुरो देखियो, साथ साथै असमझदारीलाइ सुल्झाउने अनि सहमतिको विकल्प नभएको थाहा पाइयो, सबैलाई चेतना होस् भन्ने कामना छ।

३. निर्भरता – हो भारतसंगको निर्भरता कति हदसम्म रहेछ भन्ने कुरा भारतले लगाएको अघोसित भन्ने कि घोसित भन्ने नाकाबन्दीबाट थाहा पाइयो, जसरी सारा बजार अनि अर्थतन्त्र तहस नहस भयो, हाम्रो आर्थिक र कुटनीतिक कमजोरी देखिएको छ। मधेस आन्दोलनमा भारतले दिएको साथ् अनि हामी निरिह बनेको अवस्थाले ठुलै पाठ सिकायो। चीन संग देखिएको सम्भाव्यतालाइ कसरी वास्तविकतामा बदल्ने भन्ने कुटनीति चाल्नु पर्ने पाठ सिकेका छौँ।  जब पर्यो राति तब बुढी ताती भन्ने जस्तो नगरी राम्रो रणनिति बनाउनु पर्ने देखिन्छ, नत्र हामी जहाँको त्यहिँ हुनेछौँ। अर्को नाकाबन्दी हुन कसरी नदिने, भारतसंग चतुर कुटनिति कसरी गर्ने, आदि जस्ता महत्वपूर्ण प्रश्नको उत्तर खोतल्ने काम गर्नु पर्ने छ अब।

४. देशले २ वोटा बिमान दुर्घटना बेहोर्यो, यसले सबैलाई मर्माहित बनायो। दुर्घटना त हो तर हामीले प्रयोग गर्ने सक्ने प्रबिधिले दुर्घटना कम गर्न सकिने बहसहरु पनि चले, र बायुसेवा कसरी सुरक्षित गर्ने भन्ने कुराहरुलाई जोड दिन जरुरी देखिन्छ। यो वर्षको एउटा महत्वपुर्ण पाठ यो पनि हो। हवाई बाहेक अरु यातायात दुर्घटनाको लेख जोखाको कमि छैन, सुरक्षित सडक हाम्रो आवस्यकता भन्ने कुरामा कसैको २ मत नहोला।

५. खेलकुद – फुटबलमा केहि प्रतिष्ठित खेलाडीहरु match fixing मा परे र सारा खेल प्रेमीहरु निरास भए। ति खेलाडीहरु निलम्बन भए, नयाँ खेलाडी पनि आए अनि देशले २३ बर्ष पछि सार्क फुटबल प्रतियोगिता जित्यो, हामी खुशी भएम तर हामीले सिक्नु पर्ने कुरा भनेको खेल क्षेत्रलाइ कसरी सफा बनाउने भन्ने हो र आगामी दिनमा यस्तो अवस्था आउन नदिने कसरी भन्ने हो। तुरुन्तै छानबिन गरेर तार्किक निचोड निकाली राम्रो खेलाडी उत्पादन कसरी गर्ने भन्नेमा जोड दिनु पर्ला नत्र खेलाडी निलम्बनले मात्र केहि तुक राख्दैन। खेल जित्न र देशको शिर उच्च पार्न स-सानो व्यवहार काफी हुन्छ भन्ने पाठ सिकियो।

अन्तत: प्रकृति भन्दा कोहि माथि छैन र कसैको दम्भ नटिक्ने भन्ने पाठ सिकियो। भाइ फुटे गवार लुटे भने जस्तै, हामी देश भित्र आफ्नो झगडा मिलाउन नसक्दा बिदेशीहरु चम्किने प्रवृति पनि देखियो त्यसैले आफु मिलेर आफ्नो समस्या आफैं समाधान गर्नुको उपाय नभएको पाठ सिकियो।  आफ्नो काम आफैं गर्ने हो, अरुले केहि गर्दैनन् भन्ने कुरा थाहा भयो, होस्टेमा हैंसे लगाउँदा काम हुन्छ तर पुरै अरुमा निहित हुनु हुँदैन भन्ने पाठ भुकम्प पछाडीको कामहरुले देखायो, मान्छेहरुलाइ थोरै सहयोग चाइएको छ पुरै हैन। यसरी देशको भोगाइबाट केहि महत्वपुर्ण पाठ सिकेका छौँ र यसलाई व्यहारमा उतार्न सके फेरि येही पाठ सिक्न पर्दैन थियो।