कुरो इन्धनको !

मेरो घर नजिकै एउटा दुनोट (Donut / Doughnut) बनाउने पसल छ । त्यहाँ एकजना दाइ र उनको श्रीमती मिलेर दुनोट बनाउनु हुन्छ र बेच्नको लागि विभिन्न होटल, पसल, चिया पसलहरुमा पुर्यानु हुन्छ। दुनोट बनाउनुका साथै मिठो चिया पनि खुवानु हुन्छ त्यहाँ। हिजो यसै फुटसल (Futsal) खेलेर फर्किंदा चिया खान मन लागेर छिरेर चिया मागेको, ग्याँस सकिएको छ भन्नु भयो अनि एकैछिन अगाडी फेसबुकमा स्वाभिमानी बनौँ, #backoffIndia , साइकल चढ़ौ, पेट्रोल चांइदैन, आगो बालौं जस्ता मिठो लाग्ने नाराहरु पढेको र लाइक पनि गरेको याद आयो। अनि सोधें दाइलाई, दाइ अरु विकल्प खोज्ने नि? अनि दाइले भन्नु भयो, विकल्प देख्दिन भाइ, छोरा छोरी पढाउनै पर्यो, खानै पर्यो अनि आफुलाई आउने भनेको यहि काम हो, अर्को काम खोज्न र गर्न पुंजी पनि छैन अनि पढाइ पनि तेस्तै हो । अझै ग्याँस को सट्टा आगो बालौं, दाउरा कहाँबाट कति ल्याउने थाहा छैन ! उहाँले पकाउने तेल पनि बजारमा नभएको र भए पनि कालोबजारी सुरु भएर निकै महँगो भएको भने । उनको आफ्नै दुनिया छ र त्यो दुनियामा ग्याँस नभई हुँदैन। यसरी इन्धनको आधारमा आफ्नो गुजारा गर्ने कति होलान? कतिको बिचल्ली भयो होला?

अब अर्को प्राय: घरहरुमा हुने घटना, एकदिन मामाघर गएँ, माइजुले चिया बनाउँछु भन्नु भयो र हिटरमा चिया पकाउन थाल्नु भयो र भन्न थाल्नु भयो: ग्याँस सकियो, दशैं पनि आगो र हिटर बालेर बित्यो, अब तिहार पनि यस्तै होला। माइजुले चिने जानेको पसलहरु मा फोन गरेर ग्याँसको सिलिन्डर खालि भएको र आफु लाइन बस्न तयार भएको जानकारी दिनु भयो तर ग्याँस आउने कुरो तेस्तै भाको छ, मामा भने फेसबुकमा साइकल चढेको फोटो हाली No Petrol, No Problem भन्दै हुनुन्छ। अनि माइजुलाई मामाले यस्तो फोटो हाल्नु भएको छ भनेको, माइजुले मामाले भान्छामा आउनु पर्दैन भान्जा, के थाहा भन्नु भयो, साँचै पकाउनेलाई जति पिडा हामी खानेलाई के थाहा होला र ? गृहणीहरुलाई परेको छ अहिले असर ! खाना पाक्नै छोडे पछि साझा समस्या बन्छ यो। ।

त्यस्तै दशैं मनाएर पोखरा बाट काठमाडौं आएँ अनि ट्याक्सी खोजें घर जानलाई। ट्याक्सी भाडा सुन्दा झन्डै सातो गयो, त्यसपछि ट्याक्सी चालकले भने, भाइ के गर्नु तेल हाल्न पाको छैन, लाइन बसेको ५ दिन सम्म पालो आएन अनि black मा किनेर हालेको, यसो गरेन भने हात मुख जोड्न गारो पर्ने भयो । तेस पछि फेरि सोचें, ट्याक्सी चालक लगायतकाहरु जो दैनिक ज्याला मजदुरी गर्छन उनीहरुको त हरिबिजोक भाको होला, कल कारखाना बन्द भाको धेरै दिन भै सक्यो, काम नभएको कति भयो, अब यिनीहरुलाई इन्धन नभई समस्याको समाधान देख्दिन म। होला विकल्प धेरै छन् तर त्यो विकल्प खोजौं भन्नेहरुले सधैं देखिने तर मतलब नगरिने समस्याको बारे एकपल्ट सोच्नै पर्छ।

माथी भनिएका त समस्या यसो उसो हेर्दा ठिकै छ, यसो उसो गर्यो टर्ला अनि जाला। आज एउटा पुरानो साथी भेटियो अनि गफ-गाफ सुरु भयो र गफ चांइ यहि इन्धन अभावको, उनले पनि आफ्नो ब्यथा सुनाइ हाले, अस्पतालमा अक्सिजन (oxygen) को कमि भइ सक्यो रे अनि औषधी जन्य सामग्री पनि, झन् तनाब भयो यो सुनेर, बाटोम गुड्ने गाडी बाहेक कति धेरै समस्यामा जेलिएको रहेछ यो इन्धनहरुसंग संबन्धित। अनि सम्झे बिरामीहरु को अवस्था कस्तो हुने हो, अनि याद आयो देश हाँक्ने ड्राइभरहरुको, जय होस् उनिहरुको ! त्यस्तै गरी, तराईमा बिद्द्यालय बन्द भएको २ महिना काटी सक्यो र देशको अरु भागमा अब शिक्षाको क्षेत्र प्रभावित हुँदै छ। यसको घाटा र प्रभाबको त कुनै लेखा जोखा नै नगरौं, जे होस् यति हुँदा पनि देशबासीले निराशा (frustration) कम नै देखाएका हुन्।

त्यसैले कहिले काहीं सोचे भन्दा फरक हुन्छन समस्या अनि तेसका समाधान, हो आत्मनिर्भरताको मुद्दा राम्रो हो तर त्यसको मतलब यो हैन कि अहिलेको निर्भरता राता रात समाप्त हुन्छ, कालो बजारी यसरी मौलाई सक्यो कि कसैलाई पेट्रोल छ भनेर सोध्यो भने ब्ल्याकमा पाउँछ ५००, ७०० रुपैंया लिटर भन्छन। यो समस्या चांइ हामीले मतलब गर्दैनौ तर नाकाबन्दी बिरुद्द नारा लाउन भने चुक्दैनौं, घर भित्रको समस्या बिर्सेर बाहिर समाधान खोज्दै छौँ हामी। भारत बिरोधी नारा समाधान हैन तर अहिले देखिएको जुन जागरुपता छ यसलाई कम हुन नदिने गरी अति-राष्ट्रवादको नारा छाड्दै अलि रचनात्मक ढंगले अगाडी बढ्नु जरुरी छ। ढिलो चांढो इन्धन त छिर्ने नै छ, त्यस पछाडी अहिलेको निर्भरतालाई कम गर्दै कसरी लाने भन्ने हो चुनौती, अहिले नदेखिएका इन्धन सम्बन्धि समस्या बिर्सेर हुँदैन । अहिलेको अवस्था भनेको देश हाँक्ने र देश हाँक्ने छान्ने हामीले पनि धेरै पाठ पढ्नु पर्ने छ र अलि दिगो रुपले सोच्नु पर्ने छ। नबिर्सम निर्भरताको कुरो प्रवर्धन गर्दा गर्दै चीनबाट तेल आउने हल्लाले दङ्ग पर्नेहरुको कमि छैन यहाँ, त्यसैले अहिलेको आवस्यकता भनेको समस्याको समाधान अनि तेस पछाडी समस्या कसरी दोहोरिन नदिने भन्ने पनि हो। र एकपल्ट माथि जस्तै नसुनिएकाहरुको आवाज पनि सुनियोस, सोचे भन्दा कठिन हुँदै छ देशको हालत।

भारतले झुक्काको कि जिस्काको ?

४ - ५ महिना अगाडी परकम्पको संख्या गन्दै बस्ने नेपालीहरु अहिले कुन नाकाबाट कति पेट्रोल, डिजेल, ग्याँस छिर्यो गन्दै बसेका छन् । मित्र राष्ट्र भारत को घोसित हो कि अघोसित नाकाबन्दी हो भनेर छुटाउन सकेका छैनन् हामीलाई नेतृत्वो गर्नेहरु । उच्च स्तरिय कुटनीतिक पहल गर्ने भनेको पनि तेस्तै छ, अब झन् नयाँ सरकारको चटारो आफ्नै ठाउँमा छ, समाचार आउंछ राजदुतले मोदी भेट्न पाका छैनन् रे, मोदीले सुशील कोइरालाको फोन उठाएनन् रे, समस्या के हो भनेर पहिलाउन सकेका छैनन् हाम्रा नेताहरुले। केहि दिन अगाडी भारतको विदेश मन्त्रालयले सबै नाका खोल्न आदेश दिए भन्ने खबरले धेरैको अनुमान थियो दशैं सहज हुने भयो तर त्यसको केहि दिनमा भारतले धोका दिएको र झुक्काएको खबर आउन थाल्यो । त्यसपछि नयाँ सरकारको कुरोले इन्धनको कुरा समस्या सल्टिने जस्तो देखियो अनि एक्कासी मोदीले नेपालको प्रधानमन्त्रीलाइ गरेको ‘बधाई फोनले’ अब इन्धन भित्रिएला भन्ने कुरो थियो तर त्यो फोनमा नि खासै दम रहेनछ । त्यसैले भारतले हामीलाई जिस्काउँदै छ झुक्काउँदै हैन !

विभिन्न कारणहरु देखाउंदै भारतले नेपालमा इन्धन पठाउन आना-कानी गर्दै आएको छ (बिहारको चुनाव होस् या नेपालको तराई क्षेत्रको आन्दोलन)। एकपल्ट त भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरेर यो नाकाबन्दी होइन भन्यो अनि फाइल देखाउंदै यति वटा गाडी छिर्यो भनेर भने। नाकाबन्दी भनौं, तरकारी, फलफुल पठाएका छन्, हुँदा हुँदा हिजो त खसी पनि हजारौंको संख्यामा छिरेको समाचार पढियो, कति माया गरेको नेपाललाई, दशैं सम्झेर खसी पठाको । तेल आएन भनौं भने चलाख कुटनीति जानेको भारत १/४ तेल पठाई गाडीहरु ठप्प पनि हुन दिएका छैनन्, अनि नाकाबन्दी हैन भने भै हाल्यो । अनि हाम्रो बिडम्बना, हाम्रा नेताहरु र सरकार हाँक्ने मान्छेहरु, यस बारे प्रस्ट संग बोल्न पनि नसक्ने, यसो विचार गर्दा यिनीहरुको बोलिमा चांइ नाकाबन्दी भयो कि जस्तो लाग्छ। अनि भारतले झुक्कको भन्ने कि जिस्काको ?

जनताले #backoff - #kickoff गरे भनेर नेताहरु खुशी छन्, अझै भारत संग नझुक भनेका छन् कतिले (कुरो राम्रो हो), अनि हामीलाई जनताले साथ दिए भन ठानेका छन् नेता ज्युहरु, तर तराई बलेको २ महिना काटी सक्यो, एसो विचार गर्ने हो कि, अनि बुझ्नु पर्यो हाम्रो झगडाको आडमा कथित नाकाबन्दी भएको छ, घर भित्रको कुरा मिलाउँ अनि पनि नाकाबन्दी भयो भने धेरै कुरा भनौला र के गर्ने सोचौंला, त्यसैले अरुले घर झगडा मिलाउ भन्दा झुक्काको भन्ने कि जिस्कको? अगाडिको समस्या मिलाउने हो कि? आफु पहिला मिल्ने हो कि? खालि प्रजातान्त्रिक प्रक्रियाको संविधान भन्दै देश बल्न दि राख्ने हो र? भारतको अघोसित नाकाबन्दी नेपालको कमजोर कुटनीतिको उपज हो, निर्भरतालाई परस्पर निर्भरता (inter-dependence) मा रूपान्तरण गर्न नसक्नु हो । अहिलेको खाँचो कुटनीतिक पहलको हो र यो बिषयमा धेरैले बोलि सके र लेखि सके । देश भित्रको झगडा भनेको नेताहरुको छोटो दृष्टिको कारण हो, हट र अहमको चरम प्रस्तुति भन्न सकिन्छ । यसो संवादको बाटो बाट जनतालाई राहतको शास लिन मौका दिनु पर्यो। मुख्य चाड पर्ब नजिकै आइ सक्यो, छिटो भन्दा छिटो समाधान खोजियोस तर चाड पर्ब मनाउने नाममा जे पायो तेइ सम्झौता नगरियोस, त्यस्तो सम्झौताले पछि झन् काहालीलाग्दो अवस्था आउन सक्छ। अनि भारतले यस्तो सम्झौताको खाका नकोरोस नत्र झुक्काउने हैन फेरि जिस्काउँछ।

हामीले स्मरण गर्नु पर्ने कुरा भनेको हाम्रो राजनीतिमा भारतको चाँसो र त्यो चाँसो कहाँबाट सिर्जना भयो? ४६ साल होस् या ६३ साल, हामीले स्पेस (space) दिएकै कारण उनीहरु लागि पर्छन। र हाम्रो लागि नया छिमेकि पनि त हैन भारत, तसर्थ अब पनि हामी भारत बिरुद्द नारा उठाएर समय खेर फाल्नु भन्दा आफु सक्षम भएर निर्भरता कम गर्दै लाने हो र पाठ सिक्ने हो । नत्र अर्को १०, १५ वर्ष पछि भारतले फेरी हामीलाई जिस्क्काउंछ । तर राम्रो राजनीतिक संस्कारको विकास हुँदै गए अनि राजनतिक सामाजीकरण पनि स्वस्थ भए नेपालले अवस्य खुड्किलो चड्नेछ। 

त्यसैले देश भित्रको विवाद समाधान पहिलो र भारत-नेपाल समस्या दोस्रो प्राथमिकता मान्नु पर्छ हाम्रा नेताहरुले। याद रहोस, हामी भित्रको किचलो मिलाउनु छ अझै नत्र हाम्रो झगडा हेरेर भारतले झुक्काउने मात्र हैन जिस्काई रहन्छ।

नेपाली फुटबल कता ?

हिजो आएको समाचार जसमा सागर थापा लगायतका खेलाडीहरु म्याच फिक्सिङको आरोपमा प्रहरी हिरासतमा, सायद धेरै नेपालीहरुले यस खबरलाई विश्वास गरेनन् वा धेरै खेल प्रेमीहरु यो कुरा झुठो होस्भनेर बसेका थिए होलान। नेपालमा फुटबल खेलको व्यवसायिक विकास भएको धेरै भएको छैन र सँधै संबन्धित निकायले केहि गरेन भनेर सुनिएको । तर यस्तो समाचारले धेरै खेलप्रेमीको मन दुख्यो नै होला साथैधेरै खेलाडीहरु सायद केहि ब्यक्त गर्न नसक्ने अवस्थामा होलान
नेपाली खेल जगतमा यो सामान्य र नियमित घटना हैन, पूर्ण व्यवसायिक हुन खुड्किलो उक्लदै गरेको खेलमा यस्तो काहाली लाग्दो जाली होला भन्ने कमैले सोचेका होलान ? तर यो घटनालाई एउटा अवसरको रुपमा लिएर समस्याको जडमा पुगेर यस्तो कामलाई निरुत्साहित पार्नु पर्ने देखिन्छ। यदि खेलाडीहरु र प्रशिक्षकको गल्ती हो भने उनीहरुलाई कारबाही गर्नु पर्छ र यसमा कुनै दुइ मत नहोला तर यो परिस्थितिमा पुग्नु पछाडीका धेरै कारणहरु केलाएर त्यसलाई अब दोहोरिन नदिने वातावरण सिर्जना गर्नु पनि अर्को मुख्य चुनौती हो।   
योघटनाले धेरै प्रश्नहरुउब्जाएको छ:
 
·         यस्तो हुन लागेको कहिले देखि?
·         यसमा अरु को को संलग्न छन्?
·         कुनै जिम्बेवार निकायले यसमा केहि भूमिका खेलेको छैन?
·         के हाम्रो फुटबल व्यवसायको विकास नभएकै हो ?
·      यसलाई कुन स्तरसम्म पुगेरअनुसन्धान गर्ने अथवा अनुसन्धानको सीमा कति राख्ने?
·      खेलाडीहरुले यस्तो कदम उठाउनु पछाडीका देखिने सतही कारणहरुमात्र हेर्ने कि नदेखिने संबन्धित कारणहरु पत्ता लगाउने कि नलगाउने?
र अन्त्यमा संबन्धित खेल जगतलेबुझ्नै पर्ने कुरा भनेको कुन दिसा तर्फ़जाँदै यो खेल अब नेपाली फुटबल कता भनेर प्रश्न गर्ने र समाधान खोज्ने बेला आएको देखिन्छ।
 
यो घटना सम्बन्धी समाचारहरु तलको लिंक बाट पढ्न सकिन्छ: