अहिले सामाजिकसन्जालको भित्ता हरुहेर्ने हो भने संविधान संबन्धित बिषयबस्तुमा चर्चा परिचर्चा भएको पाउन सकिन्छ । चलेकाबिषयहरु भनेका: प्रतक्ष्यनिर्वाचित कार्यकारी प्रमुख कि अहिलेकैसंसदीय व्यवस्था तरअलि सुधारिएको, आमाको नाममा नागरिकता, स्थानीय चुनावको खाका (के कस्तो हुने पछि), प्रान्त / राज्यको नामांकन / सीमाङ्कन, मन्त्रि / संसद जस्तो पदमा बस्न केहि बिशेष व्यवस्थाको माग र केहि कडा कानुनको पक्षमा सर्बसाधारण को आवाज सुनिन थालिएको छ । सायद लोकतन्त्रको विशेषता भनेको नै आफुलाई ठिक लाग्ने कुरा रचनात्मक ढंगले प्रस्तुत गर्नु नै हो र यो बिषयमा आम मानिसहरु खुलेर भाव ब्यक्त गर्नु भनेको एउटा राम्रै संकेत हो । बिशेष गरी सामाजिक सन्जालमा युवा प्रयोगकर्ताहरु धेरै छन् र प्राय: युवाहरु राजनीति मन पराउदैनन् अनि टाढा बस्न रुचाउछन् भन्ने कुरा लाइ केहि हद सम्म गलत पनि साबित गरेको छ यी यस्ता बहसमा युवाहरुको सहभागिताले । अहिले विभिन्न खाले माग (केहि जायज, केहि अनौठो) उठेका छन् र बहस बढ्दै पनि छ । अझै याद छ सानोमा हामीले राजनीतिलाई ‘फोहोरी खेल’ भनेको र राजनीति not cup of my tea भनेको, आजकल खुशी लाग्छ विभिन्न खाले बहसमा आम मानिस र युवाहरुको सहभागिता देख्दा ।
बिशेष गरी यी सबै उस्तै र भिन्न खाले प्रतिक्रिया आउनु पछाडी कारण भनेको हामीले पाएको राजनीतिक संस्कार हो र हामीले बुझ्नु पर्छ परम्परागत रितिरिवाज, संस्कार, विचार, विश्वास, नियम, शिक्षाले हाम्रो संस्कारलाई आकार दिने काम गर्छ । राजनीतिक संस्कारको संरचना राजनैतिक सामाजीकरणका माध्यम बाट हुने भएर, सामाजीकरणले धेरै महत्व राख्छ । यस्तै अरु विभिन्न कारण छन् जसले यो संस्कार को विकास गर्छ । अहिले बास्तबमै कुरा गर्ने हो भने परिस्कृत राजनीतिक संस्कार र प्रबिधिको विकासले कुरा सहज र सामान्य हुँदै आएको मान्न सकिन्छ ।
वास्तबमा अहिले नेपालमा संकीर्ण राजनीतिक संस्कार बिस्तारै कम हुदैँ गएको पाइन्छ। संकीर्ण राजनीतिक संस्कार भन्नाले राजनीतिक चेतना निकै न्युन्न वा सुन्य भएको अवस्थालाई बुझिन्छ। राजनीति व्यवस्थामा चाख नलिनु, राजनीतिलाई बेवास्ता गर्नु, सामान्य भाषामा भन्नु पर्दा मतलब नहुनु हो। र केहि सिमित मान्छेहरुले निर्णय गर्ने र जनताको हक सुनिश्चित गर्न खासै चासो नदिने र नागरिक पनि मौन हुने हुनाले यस्तो संस्कार देशको लागि घातक हुने गर्छ र राजनीतिक अस्थिरताले देश बिगार्ने काम गर्छ। अहिले नेपाल यो अवस्थाबाट अगाडी निस्किसकेको छ जस्तो लाग्छ । यो अवस्था बाट केहि माथि उठेता पनि अझै धेरै रुपमा हामीले हाम्रो राजनीतिक संस्कारलाई सहभागी राजनीतिक संस्कारमा लानु पर्ने छ जहाँ राजनीतिक चेतना स्तर अहिले भन्दा माथि हुनु पर्छ। यसो हुन कुनै राजनीतिक दलमा सक्रिय रुपमा सहभागी हुनु पर्छ भन्ने हुदैन। नागरिकहरु विभिन्न किसिमले सरकार र देशको राजनीतिक व्यवस्थालाई प्रभाब पार्न सक्छन। नागरिकहरु रचनात्मक ढंगले कुनै न कुनै किसिममा सहभागी हुन्छन र कम से कम आफुलाई जानकार बनाउछन र आफुले सक्ने हिसाबले आफुलाई राजनीति संग जोड्छन्, यसको मतलब राजनीतिक दलको कार्यकर्ता हुनु पर्ने छैन।
तस्वीर सौजन्य: http://shreedeeprayamajhi.blogspot.com/ |
अहिलेको एउटा महत्त्वपूर्णआवश्यकता भनेको हाम्रोराजनीतिक संस्कारलाई यस्तो संग विकास गर्दै लाने हो जसले गर्दाभावी पिढीले राजनीतिलाईछि छि दुर दुर गर्ननपरोस । एउटा यस्तो संस्कारको खेती गर्ने हो जसको फल सकारत्मक होस् र भविष्यमा राजनीतिलाई गालीमा सिमीत गर्न नपरोस । अहिले जति पनि राजनीतिक बहस हुँदै छ, राम्रो हो, एउटा राम्रो राजनीतिक संस्कारको सुरुवात हुँदै छ, नागरिकहरु आफुलाई जिम्मेवार ठान्दै छन् , पछि यो नै देश डोराउने आधार बन्न सक्छ। संविधान त बन्लातर हामीले राम्रोराजनीतिक संस्कारबिकास गर्न सकेनौभने यो संविधानजादुको लौरो तहैन जसले सबैराजनीतिको समस्या समाधानगरोस, त्यसको लागिएउटा राम्रो रसकारात्मक राजनीतिकसंस्कारको खाँचो छभन्नेमा दुइ मतनहोला।